१९ खेलाडीसहित २२ जनाकाे काेराेना रिपाेर्ट नेगेटिभ, आजबाट क्रिकेट टिमकाे बन्द प्रशिक्षण सुरु

आजबाट सुरु हुन लागेकाे राष्ट्रिय क्रिकेट टिमकाे बन्द प्रशिक्षणमा सहभागी हुने सब‍‍‍‍ै खेलाडीकाे काेराेना रिपाेर्ट नेगेटिभ आएकाे छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार १९ खेलाडी र ३ अफिसियल गरी २२ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे हाे ।

खेलाडी र अफिसियलको सोमबार दीर्घायु अस्पतालमा कोरोना परीक्षण गरिएको थियो ।

बन्द प्रशिक्षण टियु क्रिकेट मैदानमा हुनेछ । 

बन्द प्रशिक्षणका लागि छनोट भएका पृथु बास्कोटा भने निजी कारणबस बन्द प्रशिक्षणमा सहभागी हुने छैनन् । उनको ठाउँमा कसलाई राख्ने भन्नेमा अझै टुंगो लागेको छैन।

आगामी जुलाईमा नेपालले स्कटल्यान्ड र नामिबियासँग त्रिकाेणात्मक एकदिवसीय सिरिज खेल्दैछ । 

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब र पवन सर्राफलाई बाेलाइएकाे छ ।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार ९:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया