ओलम्पिक कमिटी र केल्मीबीच खेल सामग्री प्रायोजनको सम्झौता

नेपाल ओलम्पिक कमिटी र केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङबीच शुक्रबार प्रायोजन सम्बन्धी सम्झौता भएको छ । 

टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्रान्डको खेल पोसाक, किड ब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो । 

सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि निजी क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताए ।

अहिले टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भएता पनि लामो समयसम्म सहकार्य र साझेदारी गर्न छलफल भएको बताए । यो सम्झौता महत्वपूर्ण थालनी भएको भन्दै खेलकुदको माध्यमबाट प्रायोजकहरूलाई पनि सहयोग गर्ने बताए । 

केल्मीले यसअघि एन्फा, विभागीय टोली, तेक्वान्दो, कराँतेलाई प्रायोजन गरेको र भलिबलसँग सहकार्य गर्दै आएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १८:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया