पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस रसुवा​का सभापति पेम्बाछिरिङ तामाङ​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेस संवैधानिक हिसाबले विधिविधान मान्ने पार्टी भएकाले जति संघर्ष र संकट भए पनि अधिवेशन गर्नैपर्ने बाध्यता छ । ढिलै भए पनि पार्टीले एउटा खाका दिएको छ । त्यसमा टेकेर अधिवेशन गर्ने तयारीमा हामी छौं । यो महत्वपूर्ण निर्णय र जिम्मेवारीका लागि केन्द्रीय समितिलाई धन्यवाद पनि दिन चाहन्छौं । 

नेतृत्वको हिसाबमा बहस गर्ने हो भने नेपाली कांग्रेस बनाउने ‘विधि’ पोलेर हामीले खाइसक्यौं । हामी लामो समयदेखि बिपीको सिद्धान्त र विचारमा टेक्दै अघि बढ्न सकेको छैनौं । किनभने, नेपाली कांग्रेस पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्था र विचार भएका मानिसलाई पनि पार्टीमा समावेश गरिएको छ । यसले कांग्रेसमा केही विचलन आएको छ । 

पार्टीमा लाग्ने मानिसको संख्या मात्र भएर हुँदैन्, विचार, विधि र क्षमतामा पनि अडिनुपर्छ भन्ने हामी सबैको बुझाइ हो । क्षमता भएको मान्छेको आवश्यकता पार्टीलाई छ । देशको यो परिस्थितिमा कांग्रेसको काँधमा सत्ताको बागडोर पनि आइपुगेको छ । जे जस्तो भएपनि यो नेतृत्वलाई सफल बनाउनका लागि जिल्ला सभापतिको दायित्व हुन्छ । यो नेतृत्व सफल बनाउन हामी लाग्नुपर्छ ।



युवा नेतृत्वको बहस 

नेपाली कांग्रेसमा युवा नेतृत्वको बहस बेलाबखत उठिरहेको हुन्छ । एक हिसाबले पार्टीको सिद्धान्त र विचारको हिसाबले युवा र ज्येष्ठता भन्ने नै हुँदैन । हाम्रा पूर्वनेताहरु नै ९० वर्षको उमेर हुँदा पनि देश हाँक्नुभएको इतिहास छ । अहिले पनि युवाहरुले मात्र सबै कुरा गर्छन् भन्ने सोच्नु हुँदैन । ज्येष्ठ नेताहरुले सबै काम गर्न सक्दैनन् भन्ने होइन । यो कुनै व्यक्ति र उसमा देखिएको क्षमताको आधारमा हुने कुरा हो । 



पुराना नेताहरुको त्याग र तपस्यालाई नजरअन्दाज गरेर सबै कुरा गर्न सकिन्छ भन्ने विचार पार्टीमा स्थापित हुन सक्दैन । युवा र बुढाहरुको सम्मिश्रणबाट नेतृत्व बन्नुपर्छ । युवाहरुले पनि बुढाहरुको त्यागलाई बुझ्नुपर्यो र बुढाहरुले पनि युवाहरुलाई बाहिर राखेर काम गर्न सकिँदैन भन्ने हेक्का राख्नुपर्यो । युवा र ज्येष्ठ नेताहरुको समन्वयबाट नेतृत्व छनौट भयो भने पार्टीका लागि राम्रो हुन्छ । 

परिवारवादको समस्या

पार्टीमा देखिएको परिवारवादको समस्याका बारेमा नेपालको पृष्ठभूमिमा केही चर्चा हुनुपर्ने देखिन्छ । पार्टी कसैको पेवा होइन । पार्टीमा जसले संघर्ष गर्छन्, जो इमानदार भएर लाग्छन्, त्यसलाई त स्वीकार गर्नपर्यो नि ! कुनै नेतृत्व स्थापित भइसकेपछि उसको छोरा–छोरी नाति–नातिना नै अघि बढ्नुपर्छ जस्तो अवस्था देखिएको पक्का पनि यथार्थ कुरा हो  । 

अब त्यसको विकल्प खोजेर हिँड्नुपर्छ । नेपालमा गरिब, जनजाति, आदिवासी जो कोही भए पनि उसले नेतृत्व गर्न सक्छ भने त्यसमा ध्यान दिनुपर्छ र उसलाई मौका दिनुपर्छ । उसले स्थापित हुन पाउनुपर्छ । 

महाधिवेशन कसरी गर्ने ?

नेपाली कांग्रेस सत्तामा पुग्नु भनेको कांग्रेसलाई चिठ्ठा नै परेको हो । सोच्दै–नसोचेको घटना भयो । कांग्रेसले सरकारको नेतृत्व नचाहँदा नचाहँदै पनि अहिले सत्तामा पुगेको छ । म पनि जिल्लाको एउटा अभिभावकत्व निर्वाह गर्नुपर्ने भूमिकामा रहेको कारणले हामी जिम्मेवारीबाट पन्छिन हुँदैन भन्ने सोच राख्छु । 

दुईतिहाइ नेतृत्वको कम्युनिस्ट सरकार सत्ताबाट बाहिरिनु नपर्ने थियो, तर उहाँहरुको आन्तरिक कारणले यस्तो अवस्था आयो । यतिबेला नेपाली कांग्रेसले हरेक समस्या झेलेर बस्ने भन्दा पनि विधि र विधानबाट बनेको संविधानको कार्यान्वयन गर्नेदेखि प्रतिपक्षबाट सत्तापक्षमा पुगेको भूमिका निर्वाह गर्नुपर्छ । हिजोका कमीकमजोरीहरुलाई आत्मसाथ गरेर सरकारलाई सहयोग गर्नुपर्छ । जिल्लादेखि वडासम्म देखिएको समस्याको समाधान हुनुपर्छ । 

गरेको कामलाई पनि नगरेको भनिदिने हुँदा झनै समस्या हुन्छ । पार्टीमा कचिंगल अवश्य छ, तर त्यसलाई मिलाउँदै अघि बढ्नुपर्छ । हाम्रो पार्टी पनि दुईटा नभएको मात्र हो, केन्द्रीय नेताहरु विभाजितजस्तै हुनुहुन्छ । 

अब नेपाली कांग्रेसमा यो परम्परा कायमै रहँदा २० औं वर्ष पछाडि धकेलिन्छ । यो सबै समस्या कांग्रेसको मात्र नभई राष्ट्रको पनि हो भनेर बुझ्नुपर्छ । यी र यस्ता संकटहरु नेताले आत्मसाथ गर्न सके भने नेपाली कांग्रेसलाई अवसर पनि छ र त्यसलाई उपयोग गरेर अघि बढ्ने मार्ग पनि छ ।

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १७:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया