आफूलाई स्थायी कमिटी सदस्यले छाडेपछि माधवकुमार नेपालले भने– भ्रममा नपरौँ, धाेखा हुन्छ

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका यो दलका संयोजक माधवकुमार नेपालले अहिले वार्ताका नाममा बेइमानी तथा धोखाधडीको निरन्तरता भइरहेको बताएका छन् ।

नेपालले कम्युनिस्ट आन्दोलन र सँस्कृतिको रक्षा गर्न आफूहरुले नयाँ पार्टी खोलेको पनि बताएका छन् ।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेपालले यस्तो बताएका हुन् । उनले पछिल्लो समय पटकपटक बेइमानी एवं धोखाधडीको निरन्तरता स्वरुप नै वार्ता र सहमतीका भ्रमपूर्ण समाचारहरु सार्वजनिक भएको भन्दै यस्ता भ्रममा नपर्न अनुरोध गरेका छन् ।

नेपालले नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । सोमबार मात्र माधवकुमार नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरु एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालकोट पुगेका थिए । त्यहाँ उनीहरुले यसअघिको १० बुँदे अक्षरशः पालना गर्न आग्रह गरेका थिए । 

यही विषयमा छलफलका लागि आज एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । 

उता, नेपाल चाहिँ प्रस्तावित एकीकृत समाजवादी पार्टीका सदस्य तथा आफूनिकट सांसदहरुसँग रिफ्रेसमेन्टका लागि चन्द्रागिरी पुगेका छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार ७:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया