एमालेमा ७० वर्ष पूरा नहुन्जेल उम्मेदवारी दिन पाइने, कार्यकालको बीचमै भए पद रहने

नेकपा एमालेमा ७० वर्षे उमेर पूरा हुने बेलासम्म पार्टीको उम्मेदवार हुन पाउने भएको छ । 

विधान महाधिवेशन विभिन्न १० वटा समूहले दिएको सुझावको जवाफ दिँदै उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले सो कुराको जानकारी दिएका हुन् । एमालेमा ७० वर्षे उमेरहदको विषयले चर्चा पाउँदै आएको छ । 

पौडेलका अनुसार ७० वर्ष उमेर पूरा नहुनेबेलासम्म उम्मेदवारी दिन सकिने व्यवस्था विधानमा गरिएको छ । ‘७० वर्ष उमेर पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने, कार्यकालको बीचमा पूरा भयो भने आफू निर्वाचित रहेको पदमा रहेर काम गर्न पाउनेछ,’ पौडेलले भने । 

‘केन्द्रीय विभागमा सदस्यहरु राख्दा योग्य, विज्ञ हुनुपर्यो भनिएको छ, त्यो ठिक छ,’ पौडेलले भन,े ‘अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ । त्यसपछि स्थायी कमिटी र सचिवालय तीनवटा तह हुनेछ ।’ 

ठूला र भद्दा कमिटीहरूले गर्दा पार्टी संगठन लथालिङ्ग भएको पौडेलले जवाफ दिए ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १४:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया