ड्रोन हमलामा अलकायदाका अब्दुल हामिद मारिएको अमेरिकाको दाबी
अलकायदा-फाइल फाेटाे

अमेरिकी सेनाले उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा परी सिनियर अलकायदा नेता अब्दुल हामिद मारिएको दाबी गरेको छ ।

सेन्ट्रल कमान्डका प्रवत्ता मेजर जन रिग्सबीका अनुसार एमक्यु-९ एयरक्राफ्टको मद्दतले हामिद मारिएका हुन् ।

रिपोर्ट अनुसार हामिद क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदनको योजना बनाउने गर्दथे ।

आक्रमणमा कुनै पनि आम नागरिकलाई नोक्सान नपुगेको पनि रिग्सबीले जानकारी दिएका छन् ।

मेजर रिग्सबीको लिखित बयान अनुसार अब्दुल हामिदले आफ्ना साथीहरूलाई वैश्विक हमलाका लागि तालिम दिइरहेका थिए । सेप्टेम्बर ११ काे जस्तै याेजना बनाइरहेकाे रिग्सवीकाे भनाइ छ।

दक्षिण सिरियामा अमेरिकी चौकीमाथि भएको हमलाको दुई दिनपछि यो हमला गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार ९:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया