आज ५४९ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७४६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

आज ७ हजार १४५ जनाको पीसीआर र २६०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । देशभर हाल १० हजार १५१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३८८ पुगेको छ । आज ५६९ जना उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा २२८ जना संक्रमित थपिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १७:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया