आइसिसी टि–२० विश्वकप : इंग्ल्यान्ड भर्सेस न्युजिल्यान्ड ‘प्लेयर्स टु वाच’

आइसिसी टि–२० विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्दैछ । 

खेल नेपाली समयअनुसार राति पौने ८ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ ।

इंग्ल्यान्ड सुपर १२ बाट समूह ‘१’ को विजेता तथा न्युजिल्यान्ड समूह ‘२’ को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । 

दोस्रो टि–२० विश्वकप उपाधि उचाल्ने लक्ष्यमा रहेको इंग्ल्यान्ड आज जित हात पार्दै तेस्रोपटक फाइनल पुग्ने सोचमा छ ।

सन् २०१० मा अस्ट्रेलियालाई हराउँदै उपाधि उचालेको इंग्ल्यान्ड सन् २०१६मा वेस्ट इन्डिजसँग पराजित हुँदै उपविजेता बनेको थियो । 

पहिलो टि–२० विश्वकप उपाधिको खोजीमा रहेको न्युजिल्यान्ड पनि जित हात पार्दै पहिलोटक फाइनल पुग्न चाहन्छ ।



यी दुईले टि–२० विश्वकपका ५ खेलमा एक अर्काको सामना गर्दा इंग्ल्यान्ड ३ र न्युजिल्यान्ड २ खेलमा विजयी भएका छन् ।

सन् २००७ को पहिलो भेटमा न्युजिल्यान्ड ५ रनले विजयी हुँदा सन् २०१६ को पछिल्लो भोटमा इंग्ल्यान्डले ७ विकेटको जित हात पारेको थियो ।



त्यस्तै सन् २०१० र २०१२ मा इंग्ल्यान्ड तथा सन् २०१४मा न्युजिल्यान्ड विजयी भएका थिए । 

‘प्लेयर्स टु वाच’

जोस बट्लर (इंग्ल्यान्ड)

बट्लर इंग्ल्यान्डका प्रमुख ब्याट्सम्यान हुन् । उनले सुपर १२ का पाँच खेलमा १ शतक र १ अर्धशतकसहित १५५.८४ को स्ट्राइकरेटमा २४० रन प्रहार गरेका छन् । 

जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका बटलरले १३ छक्का र १८ चौका प्रहार गरेका छन् । अविजित १०१ रन बनाउनु यो विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन हो ।  

यदी आजको खेलमा पनि आफ्नो लयलाई कायम राख्न सकेको खण्डमा बटलर न्युजिल्यान्डका बलरका लागि घातक बन्न सक्छन् । 

ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)

मध्यम गतिका बलर बोल्ट जारी विश्वकपमा गजबको लयमा देखिएका छन् । उनी न्युजिल्यान्डका प्रमुख हतियार हुन् । 

बोल्टले सुपर १२ का पाँच खेलमा १९.४ ओभर बलिङ गर्दा ५.८४ को इकोनोमीमा ११५ रन खर्चिदै ११ विकेट हात पारेका छन् । जारी विश्वकपमा १७ रन दिएर ३ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका बोल्टले आजको खेलमा पनि आफ्नो लयलाई कायम राख्न सके उनी इंग्लिस ब्याट्सम्यानका लागि समस्या बन्न सक्छन् ।  


 

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार ११:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया