शुल्क लिएको आरोपमा विद्यालयमा तोडफोड र आगजनी

रौतहट सदरमुकाम गौरको एक विद्यालयमा विद्यार्थीले नै तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । गौरस्थित जुद्ध उच्च माविमा विद्यार्थीले शुल्क उठाएको भन्दै तोडफोड र आगजनी गरेका हुन् ।

साथै, विद्यार्थीले विद्यालयमा रहेका खानेपानीका ट्याङ्की पनि तोडफोड गरेका छन् ।

विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीलाई निःशुल्क र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीसँग मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क लिने गरेको विद्यार्थीको गुनासो छ ।  

गौर नगरपालिका कार्यालयले समेत कुनै पनि बहानामा शुल्क नउठाउन पत्राचार गरे पनि जुद्ध माविले नटेरेको विद्यार्थीको आरोप छ ।  
 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १८:५५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया