एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब एट्लेटिको  मड्रिडले पोर्चुगिगज क्लब एफसी पोर्टोलाई पराजित गरेको छ ।

१० खेलाडीमा समेटिएको एटलेटिकोले ९ खेलाडीमा समेटिएको घरेलु टोली पोर्टोलाई ३-१ ले परापजत गर्दै समूह ‘बी’ बाट उपविजेताको रूपमा अन्तिम १६ मा स्थान पक्का गर्यो  ।

पोर्टोमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५६ औं मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए । 

६७औं मिनेटमा यान्निक कारास्को सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो । 

७०औं मिनेटमा वेन्डेल र ७५औं मिनेटमा अगस्टिन मर्चेसिन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि  पोर्टो ९ खेलाडीमा समेटियो ।

निकै नाटकीय रूप लिएको खेलको थप गरिएको समयमा ३ गोल भएको थियो । थप गरिएको समयमा  एन्जल कोरेआ र  रोड्रिगो डि पउलले एट्लेटिको ३-० ले अघि बढ्यो । 



थप  गरिएको  मिनेटमा सर्जियो ओलिभेइराले  पेनाल्टीमा गोल गरेपनि घरेलु टोलीको हार टार्न भने सकेनन् ।

यो जितसँगै एट्लेटिको ६ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित पोर्टो ५ अंकका साथ  तेस्रो स्थानमा रह्यो । 



यही समूहको मंगलबार राति नै भएको अर्को  खेलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गर्यो । 

लिभरपुल शतप्रतिशत  जितसहित १८ अंक जोडेर शीर्षस्थानमा रहँदा एसी मिलान ४ अंकका साथ पुछारमा रह्यो ।  

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ७:२९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया