पौडेल निवासमा छलफल गर्दै चार कांग्रेस नेता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा चारजना नेता पुगेका छन् । 

इतर पक्षबाट साझा उम्मेदवार तय नभएको र पौडेलले महाधिवेशनमा पनि सहभागी हुन नचाहेको भनिएको बेला नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र महेश आचार्य पुगेका हुन् ।

नेता जगदीश्वर नरसिंह केसीका अनुसार नेताहरूको टोली सभापतिका आकांक्षीहरू प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग भेट गरेपछि पौडेललाई भेट गर्न पुगेका हुन् । 

उनीहरूले पौडेललाई साझा उम्मेदवार तोक्नेबारे परामर्श लिने पनि बताइएको छ । महाधिवेशन सुरु भए पनि अझैसम्म साझा उम्मेदवार संस्थापन इतर पक्षबाट तयार छैन । 

इतर पक्षको शीर्ष नेता पौडेल हुन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १२:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया