अमेरिकामा लकडाउन नगर्ने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण अमेरिकामा लकडाउन नगरिने बताएका छन् । 

उनले अमेरिकामा छिट्टै ५० करोड कोरोनाको रेपिड टेस्ट निशुल्क गरिने समेत जनाएका छन् । मंगलबार उनले अस्पतालमा कोरोना परिक्षण निशुल्क गरिने र लकडाउन नगरिने घोषणा गरेका हुन् । 

‘यो मार्च २०२० होइन । अहिले हामी तयार छौं । हामी धेरै कुरा जान्दछौँ,’ राष्ट्रपति बाइडेनले भने । 

अमेरिकामा पछिल्ला दिन ओमिक्रोनको संक्रमण तिव्र गतिमा भइरहेको छ । देखिएका नयाँ केसमा तीन चौथाई ओमिक्रोन संक्रमित रहेका छन् । 

अमेरिकामा हालसम्म ओमिक्रोन संक्रमित एक जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १३:१५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया