रोनाल्डो पिएसजी जाने चर्चा

फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) इंग्लिस क्लब म्यानचेस्ट युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने योजना बनाइरहेको छ ।

फ्रेन्च मिडियालाई आधार मान्ने हो भने यसका दुई कारण छन् । पहिलो रोनाल्डो ओल्ड ट्राफोर्डमा खुसी छैनन् र दोस्रो युवास्टार केलियन एमबाप्पेले क्लब छाड्ने लगभग निश्चित जस्तै बनेको छ ।

हुन पिएसजीले गत वर्ष नै रोनाल्डोलाई भित्र्याउन प्रयास गरेको थियो, जति बेला एमबाप्पे रियल जाने हल्ला व्यापक रूपमा फैलिएको थियो ।

त्यो समय एमबाप्पेलाई क्लबमै राख्ने निर्णय गर्ने अघिकार पेरिससँग थियो तर अहिले त्यो अवस्था छैन । त्यस्तै रोनाल्डाे र म्यानचेस्टरका नयाँ प्रशिक्षक राल्फ राङनिकबीच त्यति राम्रो सम्बन्ध कायम हुन सकेको छैन ।

यी दुईबीचको मनमुटाव उच्च बिन्दुमा छ । यदि रोनाल्डो आफ्नो पुरानो क्लब म्यानचेस्टर फर्किएको एक वर्षमै अन्यत्र जान चाहन्छन् भने पिएसजी नै उनका लागि सबैभन्दा उपयुक्त विकल्प हो ।

अहिलेको अवस्थामा रोनाल्डोजत्तिको महँगो खेलाडी भित्र्याउन सक्ने क्लब भनेकै पिएसजी नै हो।



यदि यी सबै हल्ला सही सावित हुने हो भने वर्तमान समयका दुई उत्कृष्ट फुटबलर राेनाल्डाे र लियोनल मेस्सी पहिलोपटक एकै क्लबमा हुनेछन् ।

 (स्पेनिस खेलपत्रिका मार्काबाट साभार) 



  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १०:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया