मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध

कैलालीमा मोटरसाइकल ठक्कबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।

आइतबार दिउँसो लम्की बलिया बजारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । पीडितका आफन्तले सोमबार बिहानैदेखि क्षतिपूर्तिको माग गर्दै बजार बन्द गराउनुका साथै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

आइतबार साँझ पूर्वबाट पश्चिम जाँदै गरेको से ६ प ८७८६ नम्बरकाे मोटरसाइकलले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका-४ बलिया मिलडाडा बस्ने ५५ बर्षीया मनसरा जैशीको मृत्यु भएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी जैशीको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक लम्कीचुहा-१ का राजन चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गको वलियामा सवारी साधन रोकिएका छन् ।
 





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १२:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया