क्यानडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ट्रुडोले ट्वीटरमार्फत आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् । 

‘मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रूपमा लाग्ने छु,’ उनले भनेका छन् ।

उनले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको पनि जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार ११:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया