कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढेकाे डब्ल्युएचओकाे दावी

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वव्यापी रूपमा चिन्ता र डिप्रेसनका घटना (केस)काे वृद्धि भएको जनाएको छ । 

डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो  ।

कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रूपमा वृद्धि भएको डब्लूएचओको भनाइ छ ।

साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरूमा २७ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो ।

डब्ल्युएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डनले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो वृद्धि हो ।’ 

मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए ।



उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत वृद्धि देखिएको थियो । पुरुषभन्दा महिला र किशोरीहरू कोभिडबाट प्रभावित भएका थिए । 

महामारीको समयमा महिलाहरू सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो । 



कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरूको संख्या एक चौथााइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ ।

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १२:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया