सांसद यादवको आक्रोश : प्रदेशसभा विघटन गरिदिए हुन्छ

नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु यादवले प्रदेशसभालाई विघटन गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरेकी छन् । 

विगत लामो समयदेखि स्थगित मधेस प्रदेशको प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सांसद यादवले यस्तो आक्रोश पोखेकी हुन् । 

‘संसद बैठक चल्दै गर्दा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । तर, यहाँ मन्त्री कोही देखिँदैन,’ सांसद् यादवले भनिन्, ‘विश्वभरिका संसद् बैठकहरू मन्त्रीको अनुपस्थितिमा चल्न सक्दैन । तर यहाँ चलिरहेको छ, यो तुरुन्तै सम्बोधन हुनुपर्छ ।’

मन्त्रीहरू संसद बैठकमा नआउने र सांसदहरूको गुनासो नसुन्ने हो भने मधेस प्रदेशसभा विघटन गर्न पनि उनले माग गरेकी छन् । ‘मन्त्रीहरू सबै जागिरमा गएपछि संसद्को औचित्य के त ? त्यसैले बरु यसलाई विघटन गरिदिए पनि हुन्छ,’ सांसद यादवले भनिन् । 

‘आफ्नै दलका नेताहरु मन्त्री बनिसकेपछि प्रदेश सभाको के काम ?’ उनले भनिन्, ‘विघटन गरिदिँदा पनि हुन्छ । उहाँहरु जागिर चलाउँदै हुनुहुन्छ ।’
शुक्रबार बसेको प्रदेशसभा बैठकमा कुनैपनि मन्त्री उपस्थित नहुँदा प्रदेशसभा सदस्यहरूले आपत्ति जनाएका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद रानी शर्मा तिवारीले असोजमै पेश गरिएको योजनाका लागि बजेट नदिँदै इन्जिनियर पनि तय गर्न नसक्नु दुःखद रहेको बताइन् । उनले प्रदेश सभामा आफूहरु जति बोलेपनि सरकारले त्यसको महत्व नदिने गरेको दुःखेसो पोखिन ।



बैठकमा सांसदहरुले सरकारले योजना लिइसके पनि कामकारबाही अगाडि नबढाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।



  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार २०:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया