रवीन्द्र मिश्र नेपाली राजनीतिका ‘छोटे हिटलर’ हुन् : मिलन पाण्डे

विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार पार्टी कार्यालय, बखुण्डोलमा पत्रकार सम्मेलन गर्न नदिएपछि उनले यस्तो आरोप लगाएका हुन् ।  

साथै, पाण्डेले मिश्रलाई ‘छोटे हिट्लर’को संज्ञा पनि दिएका छन् । ‘आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे । यो उनको अर्को अलोकतान्त्रिक कदम हो,’ पाण्डेले ट्विटरमा लेखेका छन्, ‘रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिटलर हुन्, म मिश्रको यो कदमको घोर भर्त्सना गर्छु ।’ 

पाण्डे पक्षले आज बिहान पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्ने बताएको थियो । तर, अध्यक्ष मिश्र पक्षले कर्मचारीबाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेको थियो । 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १४:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया