प्रधानमन्त्री देउवा बनारसमा

तीन दिनको भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तरप्रदेशको धार्मिक शहर बनारस पुगेका छन् । 

उनी आज बिहान नयाँदिल्लीबाट बनारस पुगेका हुन् । बनारसमा देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे । प्रधानमन्त्री देउवा एयर इन्डियाको जहाजबाट बनारस गएका हुन् ।

बनारसमा प्रधानमन्त्री देउवाले केही मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । उनी आजै भारत भ्रमण सकेर स्वदेश फर्कदै छन् ।  





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १०:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया