logo-img

हालाण्डको ह्याट्रिकका बाबजुद डर्टमण्ड घरेलु मैदानमै पराजित

जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिको खेलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ । घरेलु टोली डर्टमण्ड बोचुमसँग ४–३ ले पराजित हुन पुगेको हो ।

सिंगल इडुना पार्कमा भएको खेलमा बोचुमलाई जित दिलाउन सेवास्टियन पोल्टर, गेरिट होल्टम्यान, योर्गेन लोकाडिया र मिलोस पान्टोभिचले एक/एक गोल गरे ।

एर्लिङ हालाण्डले ह्याट्रिक गरेपनि डर्टमण्डलाई जित दिलाउन भने सकेनन् । खेलको तेस्रो मिनेटमै पोल्टरले बोचुमलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा होल्टम्यानले पाहुना टोलीको अग्रता  दोब्बर बनाए । 



१८ औं  र ३० औं मिनेटमा हालाण्डले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई २–२ को बराबरीमा ल्याए । ६२ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गरेपछि घरेलु टोली ३–२ ले अघि बढ्यो ।

८१ औं मिनेटमा लोकाडियाले बोचुमलाई ३–३ को अवस्थामा ल्याए । ८५ औं मिनेटमा पान्टोभिचले पेनाल्टीमार्फत गोल गरेपछि पाहुना टोलीले ४–३ को रोमाञ्चक जित निकाल्यो ।

यो जितसँगै बोचुम ३२ खेलमन ३९ अंक जोडेर ११ औं स्थानमा उक्लिँदा पराजित डर्टमण्ड समान खेलबाट ६३ अंकका दोस्रो स्थानमा यथावत छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार ७:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया