पैसा बाँड्दै हिँडेका एमाले वडाध्यक्ष उम्मेदवार १ लाख नगदसहित पक्राउ

सुर्खेतको गुर्भाकोट नगरपालिकामा मतदातालाई पैसा बाँड्दै गरेका एमालेका वडाध्यक्ष उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । 

गुर्भाकोट नगरपालिका–११ वडास्थित आँपसोतीमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेबाट वडाध्यक्षको उम्मेदवार रहेका राजन बिसीलाई प्रहरीले बुधबार राति रंगेहात पक्राउ गरेको हो ।

उनको साथबाट १ लाख १२ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ । बिसीलाई निर्वाचन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।





  • प्रकाशित मिति : वैशाख २९, २०७९ बिहीबार ११:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया