घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला ९८ हजारमा कारोबार भएको सुन आज प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर १ हजार २५० तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ  । 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १२:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया