प्रदेश १ः एमालेबाट समानुपातिक सांसद हिमा बस्नेतले लिइन् शपथ

नेकपा एमालेबाट प्रदेश-१ को सांसद बनेकी हिमा बस्नेत (भट्टराई) ले शपथग्रहण गरेकी छिन् । बस्नेतलाई मंगलबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सपथ ग्रहण गराएका हुन् ।

नेकपा एमालेकी संसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको थियो । सरकारी कागजात कीर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि खातुनले राजीनामा दिएकी थिइन् ।

अल्पसंख्यक कोटाबाट सांसद खातुनले राजीनामा दिएपछि खसआर्य कोटाकी हिमा बस्नेत प्रदेश १ की सांसद बनेकी हुन् । अल्पसंख्यक कोटाबाट बन्द सूचीमा अन्य महिला कोही पनि नभएको कारण खस आर्य कोटाबाट बस्नेत सांसद बनेकी हुन् ।

प्रमुख प्रतिपक्ष दल एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो ।





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १३:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया