एसबीआई बैंकको ऋणपत्र बिक्री खुला

नेपाल एसबीआई  बैंकले बैंकले आज बुधबारबाट ऋणपत्र बिक्री खुला गर्दै छ । यसले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ ।

यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन । एसबीआईले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गरेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत व्याज दर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । यस ऋणपत्रमा असार २६ गतेसम्म आवेदन दिन पाइनेछ । 

 उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाई देखि अधिकतम १२ लाख इकाई सम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ९:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया