कांग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्‍यो, तर नयाँ योजना ल्याउन सकेन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २१ वर्ष सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले अहिलेसम्म कुनै एउटा नयाँ योजना ल्याउन नसकेको आरोप लगाएका छन् । उनले २० वर्षमा अरूले गर्न नसकेको काम एमाले सरकारले गरेको दाबीसमेत गरे ।

शनिबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले कुनै रचनात्मक काम गर्न नसक्ने टिप्पणी गरे ।

'हामीले यतिधेरै काम गरेका छौं । २० वर्षमा अरूले गर्न नसकेको काम हामीले गरेका छौं । २१ वर्ष सरकारको नेतृत्व गरेको कांग्रेसले न एउटा काम केही गरेको छ नयाँ, न एउटा योजना ल्याएको छ, न नयाँ केही विचार ल्याएको छ । राष्ट्र निर्माणको सन्दर्भमा न कुनै नयाँ सोच ल्याएको छ । आर्थिक प्रश्नमा, विकासको प्रश्नमा, सुशासनको प्रश्नमा, शिक्षाको प्रश्नमा, स्वास्थ्यको प्रश्नमा कुनै एउटा नयाँ काम ल्याएको छ भने बताउनुस मलाई' उनले भने ।

ओलीले एमाले सरकारले गरेका काम जनताको बीचमा लैजान नसकेको जिकिर गरे । उनले निर्वाचनताका विरोधीले फिँजाएका भ्रम खण्डन गर्न नसक्दा कमजोर बनेको बताउँदै आगामी निर्वाचनमा त्यस्ता कमीकमजोरी गर्न नहुने बताए ।

'गएको निर्वाचनमा हामीले गरेका कामहरू पर्याप्त रुपमा जनताका बीचमा लैजान सकेनौं । आगामी निर्वाचनमा त्यो कमी रहन दिनु हुँदैन । गएको स्थानीय निर्वाचनमा हामीले विरोधीले फिजाँएका अनेक प्रकारका भ्रमहरू मजाले खण्डन गर्न सकेनौं । जनतालाई भ्रमबाट मुक्त गर्न सकेनौं । अब त्यो कमी हामीले रहन दिनु हुँदैन्' उनले भने ।

ओलीले प्रदेश र संघको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । उनले कमिटीहरूलाई व्यापक रुपमा विस्तार गर्दै टोलटोलमा, घरघरसम्म पुर्याउनसमेत निर्देशन दिए ।





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १८:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया