मोन्टेनेग्रोमा पारिवारिक विवादले उग्र रूप लिएर गोली चल्दा १० जनाको मृत्यु
फाइल तस्वीर

युरोपियन मुलुक मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादले उग्र रूप लिएपछि गोली चल्दा १० जनाको मृत्यु भएको छ ।

त्यहाँका अधिकारीका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरेका थिए । त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका हुन् ।

अन्तिममा १० जनाको हत्या गर्ने ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । ती व्यक्तिले घटना गराउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १४:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया