पुर्पक्षका लागि जेल गएकै दिन पत्नीहत्याका अभियुक्तले गरे आत्महत्या

चरिकोट– पत्नी हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकले गएराति जिल्ला कारागार दोलखामा आत्महत्या गरेका छन् । 

कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए ।

पत्नीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि शेर्पालाई मंगलबार मात्र अदालत पेस गरिएको थियो । 

अदालतको आदेशपछि शेर्पालाई पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए । मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नआएपछि खोजतलास गर्दा झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शेर्पाकी पत्नी सर्किनी गत पुस १६ गते आफ्नै कोठामा घाँटीमा पासोसहित मृत अवस्थामा फेला परेकी थिइन् । 





  • प्रकाशित मिति : माघ १६, २०७५ बुधबार १८:३४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया