सत्तारुढ गठबन्धनले बाँडफाँटमा सहमति जुटाउन किन सकेन ?

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको बाँडफाँट अझै टुंग्याउन सकेको छैन । 

मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि यसमा कुनै सहमति निकाल्न सकेन । 

यतिका दिनसम्म एउटै विषयमा बारम्बार बैठक बसिरहे पनि दलहरुले आआफ्नै अडान दोहोर्याउँदा यो सहमति जुट्न नसकेको हो । अहिलेसम्म प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा प्रारम्भिक सहमति जुटेको नेपाली कांग्रेसका एक नेता बताउँछन् ।

उनका अनुसार पछिल्लो समय यी सयमध्ये कांग्रेसले ६५ सिटमा टिकट पाउने सम्भावना बढेको छ । त्यस्तै, माओवादीले २०, नेकपा एकीकृत समाजवादीले ७, जनता समाजवादी पार्टीले ७ सिटमा टिकट पाउने प्रारम्भिक सहमति भएको छ । 

बाँकी ६५ सिटमा दुईभन्दा बढी दलले दाबी गरेकाले यसमा सहमति जुट्न नसकेको ती नेताले बताए ।





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार २३:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया