कृषि विकास बैंकको रकम हिनामिना गर्ने दुई जनालाई साढे ४ करोड जरिवाना

विशेष अदालतले कृषि विकास बैंक मुख्य शाखा कार्यालय न्युरोडको टेलर सहायक दीपिका रेग्मीसहित दुईजनालाई दोषी ठहर गरेको छ । बैंकको रकम हिनामिनामा अदालतले रेग्मी तथा सेनाका अवकाश प्राप्त सहायक रथी रमेशराज विष्टलाई दोषी ठहर गरेको हो । 

अदालतले रेग्मीलाई आठ वर्ष कैद र बिगोअनुसार जरिवाना तोकेको छ । रेग्मीलाई ३ करोड ९२ लाख ४४ हजार ७४७ रुपैयाँ जरिवाना निर्धारण भएको छ भने विष्टलाई अदालतले चार वर्ष कैद र ३१ लाख ६८ हजार ८६४ रुपैयाँ जरिवाना निर्धारण गरेको छ । बिगोको हकमा बैङ्किङ कसुरमा उच्च अदालत पाटनले यसअघि नै दुवैलाई दोषी ठहर गर्दा निर्धारण भइसकेको छ । 

अदालतले दुवैलाई भदौ ७ गते नै दोषी ठहर गरेको थियो । सजाय निर्धारण भने सोमबार गरेको हो । विशेष अदालतका न्यायाधीशहरू शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले टेलर रेग्मी र विष्टलाई दोषी ठहर गरेको हो ।  





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ६:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया