मिलन पाण्डेले काठमाडौं ९ बाट दिए उम्मेदवारी, चुनाव चिह्न पाइला

विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका छन्। 

पेसाले सिभिल इन्जिनियर पाण्डेले २०७४ सालमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेर करिब ५ हजार मत ल्याएका थिए। उनले विवेकशील अभियानका तर्फबाट ‘पाइला चिह्न’ लिएर उम्मेदवारी दिएका हुन्।

विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र पक्षले पाण्डे र उनी पक्षधरलाई कारबाही गरेका थिए । मिश्रले राजतन्त्र पक्षधर विचार ल्याएपछि पाण्डेले त्यसको प्रतिकार गरेका थिए। त्यसको प्रतिफल स्वरुप उनीलगायत निष्कासनमा परेका थिए । 

मिश्रले पार्टी छोडेपछि पनि पाण्डेको कारबाही फुकुवा नभएपछि उनी साझा पार्टी नेपालको ‘पाइला चिह्नमा चुनाव लड्न लागेका हुन् । 





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार २१:३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया