नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १३२ रुपैयाँ २ पैसा निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ ५८ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८२ रुपैयाँ ९९ पैसा र बिक्री दर ८३ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिद मूल्य ९५ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ९६ रुपैयाँ १४ पैसा, सिंगापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८८ पैसा र जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४ पैसा र बिक्रीमा ९ रुपैयाँ ८ पैसा रहेकाे छ ।
त्यसैगरी चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३५ रुपैयाँ १२ पैसा रहेकाे छ । त्यसैगरी, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा रहेकाे छ भने कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४२३ रुपैयाँ ५४ पैसा र बिक्री दर ४२५ रुपैयाँ ४७ पैसा र बहराइन दिनार एकको खरिद दर ३४८ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५० रुपैयाँ १६ पैसा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।