logo-img

टेनिस र १० के रोड रेसको मिति तोकियो
फाइल तस्बिर

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस र चौथो संस्करणको १० के रोड रेस आयोजनाका लागि मिति सार्वजनिक गरेको छ । कमिटिले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।

स्पोर्ट्स कमिटिले कात्तिक १९ देखि २६ सम्म टेनिस प्रतियोगता आयोजना गर्ने जनाएको छ भने पुस २३ गते शनिबार चौथो वीर गणेशमान सिंह १० के रोड रेस गर्ने जनाएको हो । पहिलो चरणमा आयोजना गर्न लागेको टेनिस प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा गर्ने प्रतियोगिताका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए । 

एक साता लामो चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिष्पर्धा हुनेछन् भने सातदोबाटोको सबै कोर्टमा प्रतियोगिता गर्ने आयोजकले जानकारी दियो । प्रतियोगिता अन्तर्गत टेनिसको महिला पुरुष विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ । महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन् । 



यस्तै पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउनेछन् भने पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार, १५ हजार र ५ हजार पाउनेछन् । पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् भने ४५ वर्षमाथि डबल्सकाले २० हजार, १० हजार र ५ हजार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । 

यस्तै ५५ वर्षमाथिका एकलले २० हजार, १० हजार र ५ हजार, ५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार र ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउनेछन् । टेनिस प्रतियोगिता आयोजनाका लागि भाष्करमन सिंहलाई संयोजक र प्राविधिक संयोजकमा प्रशिक्षक सूर्यभुषण बज्राचार्य रहेका छन्  । 

त्यसैगरी, पुस २३ गते शनिवार चौथो वीर गणेशमान सिंह १० के रोड रेस आयोजना गरिने जनाएको छ । रोड रेसको संयोजकमा राजन खत्री रहनुभएको छ । रोड रेसको पुरस्कार लगायत अन्य विषयमा पछि जानकारी दिइने आयोजकले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १६:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया