सिरहामा विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

सिरहाको धनगढीमाई नगरपालिका–७ मा विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन् । उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो ।  

घाइते भएकी मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय पार्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।  

प्रदेश २–०१–००१ प ३९ ८२  नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले सोमबार साँझ सवा ६ बजे  ठक्‍कर दिएको थियो ।  





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १२:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया