बार्सिलोनाविरुद्ध रियल ४–० ले विजयी, बेन्जिमाको ह्याट्रिक

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४–० ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

रियलको जितमा करिम बेन्जिमाले ह्याट्रिक र भिनिसियस जुनियरले एक गोल गरे । योसँगै रियलले बार्सिलोनाविरुद्ध समग्रमा ४–१ को जित निकाल्यो । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो ।

अब रियलले उपाधिका लागि ओसासुनाको सामना गर्नेछ । यी दुई टोलीबीचको फाइनल ६ मेमा हुनेछ । बार्सिलोनाविरुद्ध पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । 

खेलको ५० औं मिनेटमा बेन्जिमाले गोल गर्दा रियलको अग्रता दोब्बर भयो । ५८ औँ मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै रियल ३–० अघि बढ्यो । 

८० औँ मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई ४–० को फराकिलो जित दिलाए ।   





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार ६:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया