काभ्रेमा बाढीले एक घर र चार गाडी पुरिए

काभ्रेको रोशी गाउँपालिका–९ चिउरीखोलामा बाढीले बगाएर ल्याएको लेदोका कारण एक घरका साथै चारवटा गाडी पुरिएको छ । 

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार बाढीले बगाएर ल्याएको लेदोले रोशी गाउँपालिका–९ का क्षेत्र बहादुर तामाङको घर पुरिएको हो ।  

आइतबार साँझ ९ बजेको समयमा बाढीले बगाएर ल्याएको लेदोले घर पुरिँदा मानवीय क्षति भने भएको छैन । घरमा भएका दुईवटा खसी, तीनवटा बाख्रा, अन्नपात र भाँडाकुँडा भने पुरिएका छन् ।     

सोही बाढीले बगाएर ल्याएको लेदोले चारवटा गाडी पुरिएका छन् । लेदोले पुरिएको दुईवटा हायस र दुईवटा जिपमा पनि मानवीय क्षति भने भएको छैन ।

लेदोले पुरिएका चारवटा गाडीमध्ये एउटा मात्रै निकालिएको र बाँकी तीनवटा गाडी निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।  





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १०:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया