‘ऐंचो पैँचो’ को ट्रेलर हेरेपछि प्रेम आले- चलचित्रमा मलाई राखेको भए राजनीतिका सत्य कुरा बोल्थेँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली चलचित्र ‘ऐंचो पैँचो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ । 

राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ । कृषा चौलागाईंद्वारा निर्देशित यो फिल्मको ट्रेलरमा स्वस्तिमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देख्न सकिन्छ । 

ट्रेलर सार्वजनिक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेसा बनाउने काम भइरहेको बताए । उनले आफू पनि फिल्ममा रहेको भए राजनीतिक विकृतिहरू प्रस्ट्याउने भन्दै चलचित्र राजनीतिक कथावस्तुमा राम्रो बनेको बताए । 

यो फिल्म राजनीति सम्बन्धीका कुराहरू रहेछन्, खुसी लाग्यो । अहिले राजनीतिलाई पेसा बनाउने काम भइरहेको छ । यो फिल्ममा सबैले धेरै मिहिनेत गर्नुभएको छ । यसमा मलाई पनि राखेको भए राजनीतिमा भएका सत्य कुराहरू बोल्थेँ,’ आलेले भने ।

कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिकर्मीले फिल्मको पत्रकार सम्मेलनमा मात्रै नभइ हल गएर चलचित्र हेर्नुपर्ने बताइन् । उनले फिल्म लेखकलाई उचित पारिश्रमिक नदिने गरेकोप्रति असन्तुष्टि जनाइन् ।  



‘राजनीतिमा रहनु भएकाहरूले फिल्म पनि हेर्नुपर्छ, प्रेसमिट मात्रै होइन, उहाँहरूले नदेख्नुभएको कुरा हामीले लेन्सबाट देखाउन सक्छौँ,’ खड्काले भनिन्, ‘फिल्म लेखकलाई राम्रो पारिश्रमिक नदिने गरिएको छ । अहिले पछिल्लो समय केही हदसम्म दिने गरिएको छ ।’ 



फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । १४ भदौबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ । 

  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार १०:२५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया