मेस्सी अर्को उपाधि नजिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी कप्तानीको अमेरिकन सकर क्लब इन्टर मियामी अर्को उपाधि नजिक पुगेको छ । बिहीबार बिहान सेमिफाइनल खेलमा सिनसिनाटी एफसीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै युएस ओपनको उपाधि नजिक पुगेको हो । 

मियामीलाई फाइनल पुर्याउन मेस्सीको अहम् भूमिका रह्यो । उनले २ महत्वपूर्ण पासका साथै टाब्रेकरमा गोल गरे । हालै मात्र मेस्सीले सानदार प्रदर्शन गर्दै मियामीलाई पहिलोपटक लिग्स कपको उपाधि जिताएका थिए । 

लिग्स कपमा उनले ७ खेलमा १० गोल गरे । उनले आफ्नो उच्च लय कायमै राखेका छन् । मेस्सीलाई अब लगातार दुई उपाधि जित्ने मौका छ । मियामीले उपाधिका २७ सेप्टेम्बरमा ह्युस्टन डाइनामोको सामना गर्नेछ । 

ह्युस्टनले बिहीबार बिहान नै रियल साल्ट लेकलाई ३–१ ले हराउँदै मियामीसँगको भेट पक्का गरेको हो । यूएस ओपन फाइनलअघि मियामीले मेजर सकर लिगका सात खेल खेल्नेछ । 

मियामीले आगामी शनिबार न्युयोर्क रेड बुल्ससँग खेल्ने तालिका छ । सो खेलमार्फत नै मेस्सीले अमेरिकन सकर लिगमा डेब्यू गर्नेछन् । दुई वर्ष पीएसजीमा बिताएका मेस्सी गत असार अन्तिमतिर मियामीमा अनुबन्धित भएका थिए । 

साउदी अरब जाने चर्चाका बीच उनले अमेरिकन क्लब रोजे । मेस्सीले मियामीसँग सन् २०२५ सम्म रहने सम्झौता गरेका छन् । ३६ वर्षको उमेरमा मेस्सीले पहिलोपटक युरोप बाहिरको क्लबबाट फुटबल खेलिरहेका हुन् । 





  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार १२:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया