काभ्रेको धुलिखेलमा आगलागी
फाइल तस्बिर

काभ्रेपलाञ्चोकको धुलिखेलमा आगलागी भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धिमालको ढुंगा, माटो र जस्ताले छाएको ३ तले घरमा आगलागी भएको हो । 

प्रहरीका अनुसार घरसँगै नजिकै रहेको एउटा गोठमा आज बिहान चार बजेदेखि अचानक आगलागी सुरु भएको हो ।  

अहिले धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

आगलागीको कारण खुलेको छैन ।  





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार ७:०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया