भारतविरुद्ध नेपाललाई आठौँ झड्का, दीपेश चार रनमै आउट
फाइल तस्बिर

यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले ३८ रन जोड्दा ८ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटको रूपमा दीपेश कँडेललाई गुमाएको हो । उनी १६.४ ओभरमा ४ रनमै पवेलियन फर्किए । 

नेपालले सातौँ विकेटको रूपमा दीपक बोहरालाई गुमायो । उनी १२.५ ओभरमा ७ रनमा आउट भए । दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म १७ ओभरमा ८ विकेट गुमाएर ४३ रन बनाएको छ ।  

नेपालले छैटौँ विकेटको रूपमा गुलशन झालाई गुमायो । उनी ४.५ ओभरमा ४ रनमै एल्बीडब्लू धरापमा परे । नेपालले पाँचौं विकेटको रूपमा दीपकप्रसाद डुम्रेलाई शून्यमै गुमायो । उनी शून्यमै बोल्ड भए ।   

नेपालले चौथो विकेटको रूपमा कप्तान देव खनाललाई गुमाउन पुग्यो । उनी ८.५ ओभरमा २ रनमै आउट भए । नेपालले तेस्रो विकेटको रूपमा अर्जुन कुमाललाई गुमायो । उनी ७.३ ओभरमा आराध्या शुक्लाको बलमा क्उाच आउट हुन पुगे । नेपालले दोस्रो विकेटको रूपमा उत्तम थापा मगरलाई गुमायो । 

उनी ६.२ ओभरमा राज लिम्बानीको बलमा शून्यमै बोल्ड भए । नेपालले पहिलो विकेटको रूपमा दीपक बोहरालाई एक रनमै गुमाउन पुग्यो ।  उनी ४.१ ओभरमा लिम्बानीको बलमा विकेटकिपरबाट क्याच आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आकाश त्रिपाठी र विपिन रावलको स्थानमा दिपक बोहरा र दीपकप्रसाद डुम्रेलाई मौका दिएको हो । यी दुवै खेलाडीले पहिलो खेल खेलिरहेका हुन् । 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १२:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया