यूएईविरुद्ध संकटमा पाकिस्तान, डेढ सय रन नजोड्दै गुमायो ७ विकेट
फाइल तस्बिर

१०औँ संस्करणको एसिसी यू–१९ एसिया कपको सेमिफाइनलमा यूएईविरुद्ध पाकिस्तानले खराब ब्याटिङ गरेको छ । १९३ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले डेढ सय रन नकटाउँदै महत्वपूर्ण ७ विकेट गुमाइसकेको छ ।

अहिलेसम्म  शमिल हुसेन (शून्य), शाहजैब खान (११), अजान अवैस (४१), साद बेग (५०), रियाज उल्लाह (४), अराफात मिन्हास (८) र नजाब खान (३) आउट भइसकेको छन् ।

यो समाचार तयार पार्दासम्म पाकिस्तानले ३९ ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको छ । त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४७.५ ओभरमा १ सय ९३ रनमा अलआउट भयो ।

उसका लागि कप्तान आयान अफ्जल खानले ५५, आर्यंश शर्माले ४६, इथान डिसुजाले ३७, ध्रुव पराशर र तनिश सुरीले १२/१२ रन जोडे । पाकिस्तानका लागि उबैद साहले चार, अलि अशफन्द, अराफत मिन्हाशले दुई/दुई तथा आमिर हुसेन र मोहम्मद जीशानले एक/एक विकेट लिए ।  





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार १७:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया