ब्राजिललाई चारपटक विश्व विजेता बनाएका मारियोको ९२ वर्षको उमेरमा निधन

ब्राजिललाई चारपटक विश्व विजेता बनाएका फुटबलर मारियो जगालोको ९२ वर्षको उमेरमा निधन भएको छ। शनिबार निधन भएका मारियोले खेलाडी र प्रशिक्षकका रुपमा ब्राजिललाई विश्वविजेता बनाएक थिए । 

ब्राजिलले १९५८ देखि १९६२ सम्म लगातार विश्वकप जित्दा जगालो टिमका सदस्य थिए। ब्राजिलको सर्वकालिन महान टिम मानिएको उक्त समयमा पेले, जर्जिन्हो र कार्लोस अल्बेर्टो लगायतका खेलाडी थिए।

१९९४ मा ब्राजिलले विश्वकप जित्दा कार्लोस अल्बर्टो परेराको सहायक प्रशिक्षक थिए। त्यसपछि उनी ब्राजिलको प्रशिक्षकका रुपमा रहे। उनले आफ्नो प्रशिक्षणमा ब्राजिललाई १९९८ को विश्वकपको फाइनलमा पुर्याएका थिए। सो वर्ष फ्रान्ससँग पराजित हुँदै ब्राजिल उपविजेता बनेको थियो ।

जगालो खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने पहिलो व्यक्तिका रुपमा रहेका थिए। उनी पछि जर्मनीका फ्रान्ज बेकेनबाउर र फ्रान्सका डिडियर डेसच्याम्पले यो उपलब्धि हासिल गरे।





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार २२:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया