गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ७ सय नाघ्यो, ५८ हजारभन्दा बढी घाइते

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हजार ७२२ पुगेको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएअनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन् । 

गत अक्टोबर ७ गतेको आक्रमण यता मृत्यु हुनेको कुल सङ्ख्या २२ हजार ७२२ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ५८ हजार १६६ पुगेको छ ।

यसै बीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिबार सेनाले गाजा शहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् ।

आद्रेईका अनुसार सेनाले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शङ्कास्पद सैन्य सामग्री र विस्फोटक पदार्थ भेटिएको बताएका छन् । 





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार ७:३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया