इजरायल–हमास युद्धमा मृतकको संख्या २३ हजार नाघ्यो

इजरायल र हमासबीचको युद्धमा परेर अहिलेसम्म करिब २३ हजारको मृत्यु भएको छ । युद्धमा दुवै पक्षका गरी करिब २३ हजार मानिस मारिएका समाचार एजेन्सीहरूले जनाएका छन् । 

आतंकवादी संगठन हमासले धेरै इजरायली नागरिकलाई बन्धक बनाएको छ । उनीहरुको रिहाईको लागि इजरायलमा मानिसले विरोध प्रदर्शन गरेका छन् । बन्धकका आफन्तले नेता न्याहु सरकारलाई हटाउन माग गरेका छन् । यससँगै गाजामा जारी युद्ध अन्त्य गर्नुपर्ने उनीहरूको माग छ ।

इजरायली बन्धकहरूको हजारौं समर्थकले शनिबार इजरायलको मुख्य शहर तेल अवीवको होस्टेज स्क्वायरमा प्रदर्शन गरेका थिए । सोक्रममा आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए । 

विदेशी सञ्चारमाध्यमले यसलाई सरकारविरुद्ध जनआक्रोश भनेका छन् । मानिसहरूले नेतान्याहू र अन्य अधिकारीलाई यस युद्धको लागि दोष दिएका छन् । ​गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । 

७ अक्टोबरदेखि इजरायली हमलामा कम्तीमा २२ हजार ७२२ प्यालेस्टाइनी मारिएका छन् भने ५८ हजार १६६ जना घाइते भएका छन् । आतंकवादी हमलामा हालसम्म १ हजार १३९ इजरायलीको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार ९:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया