जापान भूकम्पमा मृतकको संख्या १२६ पुग्यो

जापानमा ६ दिनअघि गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । यो समाचार तयार पार्दासम्म विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । 

राहत र उद्धारकर्मीले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् । अल जजीराको रिपोर्टका अनुसार जापानले झन्डै आठ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ । भग्नावशेषमा आफ्ना प्रियजनलाई खोज्ने धेरै मानिस छन् । 

अधिकारीले २ सयभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको जानकारी दिएका छन् । नयाँ वर्षको दिनमा जापानको पश्चिमी तटमा ७.६ म्याग्निच्युडको भूकम्पले पूर्वाधार ध्वस्त पारेको थियो ।

वाजिमा सहरमा सबैभन्दा बढी ५९ जनाको मृत्यु भएको छ भने सुजुमा २३ जनाको मृत्यु भएको छ । प्रकोपको परिणामस्वरूप ५०० भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए, जसमध्ये कम्तीमा २७ गम्भीर घाइते भएका थिए । 

खराब मौसमका कारण हजारौं उद्धारकर्मीको काम अवरुद्ध भएको छ । रिपोर्टका अनुसार इशिकावा क्षेत्रका करिब २३ हजार ८ सय घर बिजुली र ६६ हजार ४ सयभन्दा बढी घर पानीविहीन छन् । ३१ हजार ४ सयभन्दा बढी मानिस ३५७ सरकारी आश्रयस्थलमा बसिरहेका छन् ।





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १०:३६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया