बार्सिलोनालाई ४-१ ले हराउँदै रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । सोमबार बिहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४–१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो ।

स्पेनलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे ।

रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा जुड बेलिङ्घमको पासमा गोल गर्दै अग्रता दिलाए । जुनियरले १० औं मिनेटमा रोड्रिगोको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । 

३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर, ३९ औं मिनेटमा जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियल ३–१ ले अघि बढेको थियो । ६४ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत पहिलो गोल गर्दा रियल मड्रिड ४–१ ले अघि बढेको थियो ।

७१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । रोनाल्ड अरुगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए । त्यसपछि थप गोल नभएप्छि सानदार जितका साथ रियलले सुपर कपको उपाधि कब्जा गर्न सफल भयो । 

जितसँगै गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला पनि रियलले लिएको छ । सुपर कपको उपाधि सर्वाधिक जित्ने टोली बार्सिलोना हो भने दोस्रो स्थानमा रियल मड्रिड रहेको छ ।



बार्सिलोनाले अहिलेसम्म १४ पटक उपाधि जित्दा रियलले १३ पटक जितेको छ ।  



  • प्रकाशित मिति : माघ १, २०८० साेमबार ७:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया