मेस्सी र रोनाल्डोबीचको बहुप्रतीक्षित खेल आज [भिडियोसहित]

विश्व फुटबलका दुई सुपरस्टार लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मैदानमा एकअर्काविरुद्ध नभिडेको एक वर्ष बितिसकेको छ । उनीहरूले एकआपसमा पछिल्लोपटक गत वर्षको माघमा खेलेका थिए । त्यसपछि भने समर्थकले यी दुई स्टारबीचको प्रतिस्पर्धा देख्न पाएका छैनन् । तर, अब भने मेस्सी र रोनाल्डोबीचको भिडन्त देख्न पाइने भएको छ ।  

यी दुई विश्व फुटबलका हस्ती क्लब फ्रेण्ड्ली म्याचमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । उनीहरूबीचको खेल नेपाली समयअनुसार बिहीबार राति ११ः४५ देखि साउदी अरेबियामा सुरु हुँदैछ । धेरै खेल समर्थक र विश्लेषकले यो नै मेस्सी र रोनाल्डोबीच हुने अन्तिम खेल भनेका छन् ।   

हाल मेस्सी अमेरिकन क्लब इन्टर मियामी तथा रोनाल्डो साउदीको अल नासरमा आबद्ध छन् । उनीहरूबीचको बहुप्रतीक्षित खेल हेर्न अहिले लाखौँ फुटबल समर्थक व्यग्र प्रतीक्षामा छन् । मेस्सी र रोनाल्डोले हालसम्म ३६ पटक एकअर्काविरुद्ध खेलेका छन् । त्यसमध्ये १६ खेलमा मेस्सीको टोली र ११ खेलमा रोनाल्डोको टिम विजयी भएका छन् । 

यी दुई स्टारबीचको बाँकी ९ खेल भने बराबरीमा सकिएको छ । जसमा मेस्सीले २२ गोल गरेका छन् । यस्तै, उनले १२ वटा गोलका लागि असिस्ट प्रदान गरेका छन् । त्यस्तै, रोनाल्डोले मेस्सीविरुद्धको खेलमा २१ गोल गर्दा एक असिस्ट दिएका छन् । यी दुई सुपरस्टार पहिलोपटक सन् २००८ मा एकअर्काविरुद्ध मैदानमा उत्रिएका थिए ।  



जारी साउदी भ्रमणमा मेस्सी नेतृत्वको मियामी पहिलो क्लब फ्रेण्ड्ली म्याचमा अल हिलालविरुद्ध ४–३ गोल अन्त्रले पराजित भएको थियो । सो खेलमा मेस्सीले मेनाल्टीमार्फत एक गोल गरे । उक्त खेलमा उनी मैदान बाहिरिएलगत्तै मियामीले गोलको सामना गर्‍यो । अब मियामी अल नासरलाई हराउँदै साउदी भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । 



  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १०:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया