सहज जितका साथ सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा एफसी कोपेनहेगनलाई ३–१ ले हराउँदै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

एतिहाडमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा सिटीको जितमा म्यानुएल अकान्जी, जुलियन एल्भारेज र इर्लिङ हालान्डले गोल गरे ।

योसँगै सिटीले समग्रमा ६–२ को अग्रता लियो । सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको लगातार सातौंपटक हो ।    






  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ७:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया