रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनल अर्थात् अन्तिम ८ मा स्थान बनाएको छ ।

मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइप्जिङसँग एक–एक गोलको बराबरी खेले पनि पहिलो लेगमा जित हात पारेको रियललाई अन्तिम ८ मा पुग्न पर्याप्त भयो । 

पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । मंगलबार राति भएको खेलमा दुवै टिमले एक–एक गोलको बराबरी खेल्दा रियल समग्रमा २–१ को नतिजाका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

रियलले ६५ औँ मिनेटमा भिनिसियस जुनियको गोलमा अग्रता लिएको थियो । ६८ औँ मिनेटमा विल ओर्वनले लाइप्जिङका लागि बराबरी गोल गरेका थिए ।
 
 






  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ८:२९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया