जर्मन क्लब डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

जर्मन क्लब बोरुसिया डर्टमन्डले युइएएफ च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब पिएसभीलाई २–० ले हराउँदै डर्टमन्डले समग्रमा ३–१ को नतिजा निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा डर्टमन्डले तेस्रो मिनेटमै अग्रता बनाएको थियो । उसका लागि जाडोन सान्चोले गोल गर्दै अग्रता दिलाए । यस्तै, दोस्रो हाफको इन्जुरी टाइममा मार्को रेयुसले गोल थपेपछि डर्टमन्डले दोस्रो लेगमा २–० को सहज जित निकाल्न सफल भयो ।

डर्टमन्डको क्वाटरफाइनल प्रवेशसँगै अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्पेनका तीन क्लब पुगेका छन् । स्पेनिस ला लिगाका रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडले स्थान बनाएका हुन् ।

यस्तै, प्रिमियर लिगका दुई क्लब म्यानचेस्टट सिटी र आर्सनलले अन्तिम ८ मा स्थान बनाए । यसैगरी जर्मन बुन्डेस लिगाका दुई क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमन्डले अन्तिम ८ मा स्थान बनाउँदा फ्रेन्च लिग वान खेल्ने पिएसजीले स्थान पक्का गरेको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ शुक्रबार हुनेछ ।
 
 






  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार ७:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया