मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत, कांग्रेस, जनमत र लोसपाले गरे सदन बहिष्कार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत पाएका छन् । सत्ता समीकरणमा भएको परिवर्तनपछि उनले पुनः विश्वासको मत लिएका हुन् ।

उनले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत अर्थात् ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले आठजना बढी सांसदको विश्वासको मत पाए । 

उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६१ सांसदको विश्वासको मत पाएका हुन् ।

उनले विश्वासको मत लिँदा कांग्रेस, जनमत र लोसपाका सांसदले भने सदन बहिष्कार गरेका थिए । सभामुख प्रदेशसभाको बैठक लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन गर्न चुकेको भन्दै उनीहरुले बहिष्कार गरेका हुन् । 





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार २२:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया